कुवेतमा विषाक्त मदिरा सेवनबाट ३५ जना नेपाली अस्पतालमा भर्ना
काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएका छन् । कुवेतस्थित नेपाली दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे पुष्टि गर्दै गम्भीर अवस्थाका बिरामीहरूको उपचार भइरहेको जनाएको छ । दूतावासका अनुसार अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर छ भने केहीको अवस्था सामान्य रहेको छ ।
