SHARE
मकालु खबर · शुक्रबार​ ३० साउन २०८२ ०३:१२ PM · 1 मिनेट पढाइ

रञ्जिता श्रेष्ठले गरिन् संसदीय दलका नेता चौधरीलाई कारबाही

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक विवाद झनै चुलिएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेसँगै विवाद सतहमा आएको हो । श्रेष्ठले शुक्रबार एक पत्रमार्फत चौधरीले पार्टीको निर्देशन अवज्ञा गरेको, स्पष्टीकरण माग्दा समेत चित्तबुझ्दो जवाफ नदिएको र पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।