चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत भक्तपुरले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।
