विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्भेक्षक सुवासचन्द्र यादवका सन्दर्भमा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख २५ हजार रुपैयाँ बराबरको घुस लिँदै गरेका अवस्थामा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो ।
