असार १५ एक अर्ब रुपैयाँ बराबरको दही कारोबार हुने अनुमान
काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। जसबाट एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा नेपाल डेरी एसोसिएसनले गरेको छ। एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने बताए ।
