विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् । आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गरे ।
