अभ्यासको क्रममा ग्रिनेट बिस्फोट हुँदा कैलालीमा एक सेनाको मृत्यु, अर्का एक घाइते
काठमाण्डु– नेपाली सेनाको अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा कैलालीमा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। बिहीबार लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
