रास्वपाको निर्वाचन तालिका पाँचौँपटक संशोधन : राति सवा ९ बजेदेखि मतदान, साढे १ बजे रिजल्ट!
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको तालिका पुनः संशोधन गरिएको छ। रास्वपा निर्वाचन आयोगले पाँचौँपटक संशोधन गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। संशोधित तालिकाअनुसार पार्टी पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म गरिनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिने कार्यक्रम छ।
