डीजीओद्वारा मेस्सी, रोनाल्डो र नेइमारका हस्ताक्षरित जर्सी उपहारको घोषणा
काठमाडौं । डीजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित नेपाली फुटबल फ्यानहरुका लागि विशेष ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्मलाई निरुत्साहित गर्दै फुटबल दर्शकलाई आधिकारिक माध्यमबाट फिफा विश्वकप २०२६ हेर्न प्रोत्साहन गर्ने उद्देश्यले लियोनल मेस्सीको ३९ औं जन्मदिनको अवसर पारेर यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
