अमेरिकाको टेक्सास राज्यसभाद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
काठमाडौं । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको हो । राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गरेका १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मते पारित भएको हो ।
