एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ।
