हर्मुज पार गर्न इरानको स्वीकृति अनिवार्य, बिना अनुमति जहाज हर्मुजमा प्रवेश गरे नतिजा खतरनाक हुने चेतावनी
तेहरान। इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री आवागमनविरुद्ध कडा चेतावनी दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सले बिहीबार आधिकारिक मार्गबाहेक हुने आवतजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजहरूमाथि कारबाही गरिने जनाएको छ । इरान–अमेरिका युद्धविरामपछि हर्मुज जलघाँटीको सञ्चालन र भविष्यबारे तेहरान र वासिङ्टनबीच मतभेद कायम रहेका बेला इरानको यो चेतावनी सार्वजनिक भएको हो ।
