कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड बीच बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण तथा स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
