चेम्बरका पदाधिकारीदेखि कर्मचारीसम्मले मेडिसिटीमा १० प्रतिशत उपचार छुट पाउने
काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
