विद्यालय स्तरीय प्रथम उपमेयर कम खोखो प्रतियोगिता सुरु : छात्राका १० टीम र छात्रका ८ टीम प्रतिस्पर्धामा
काठमाडौँ । कीर्तिपुर कभर्डहलमा प्रथम उपमेयर कम खो खो प्रतियोगिता २०८३ सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको हो । खेलमा छात्रातर्फ १० र छात्रतर्फ ८ गरी १८ टीमका २१६ खेलाडी प्रतिस्पर्धामा छन् । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा खेलाडी, ३६ जना प्रशिक्षक र टीम व्यवस्थापक गरी २५२ जनाको प्रत्यक्ष सहभागिता छ । खेल असार १३ गते समापन हुनेछ ।
