सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै धातुको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० रुपैयाँले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ ।
