कास्की पाँचवटा स्थानीय तहको बजेट नौ अर्ब ७१ करोड, कृषि–पर्यटन र पूर्वाधार विकासमा जोड
कास्की । जिल्लाका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे अन्नपूर्ण र रुपासहित चार गाउँपालिकाले कूल रु नौ अर्ब ७१ करोड ७२ लाख २१ हजारको बजेट सार्वजनिक गरेका हुन् ।
