शिक्षा, स्वास्थ्य र रोजगारीको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन
काठमाडौं । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सम्मानजनक रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र विभेदरहित व्यवहारको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरेका हुन्।
