रास्वपा महाधिवेशनः केन्द्रिय सदस्यको मतदान जारी, १५७९ मत खस्यो
भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदानमा हालसम् १५७९ मत खसेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए ।
