प्रमाणपत्र विनै चिकित्सक बनेर उपचार गरेको आरोपमा १ महिला पक्राउ
काठमाण्डु – चिकित्सकको उपाधि तथा नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा १ महिला पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार काठमाण्डुको चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन एएम (पौडेल) लाई पक्राउ गरिएको हो ।
