SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार १० असार २०८३ ०७:१० PM · 1 मिनेट पढाइ

अन्तरमहानगर टी ट्वान्टी कपअन्तर्गत आजको खेलमा वीरगञ्ज र काठमाडौँको सानदार जित

काठमाडौँ । पीएल सिंह मेमोरियल टी-२० कपको पहिलो संस्करण अन्तर्गत आज सम्पन्न प्रतियोगिताको १०औँ खेलमा वीरगञ्ज महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ७२ रनले र ११ औँ खेलमा काठमाडौँले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेका छन् । राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असार ५ गतेदेखि प्रतियोगिता सञ्चालन भइरहेको छ ।  उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रोे खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र तेस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए ।  चौथो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गर्‍यो । पाँचौ खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो ।  छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् । आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । प्रतियोगिताको नवौँ खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।   आज १० औँ र ११ औँ खेल सम्पन्न भएका हुन् ।  १० औँ खेलमा ललितपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा ग¥यो । जसमा अनिल कुमार साहले अविजित ७४ रन र पवन सर्राफले ६८ रनको उत्कृष्ट योगदान दिनुभयो । जवाफमा ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । जहाँ ललितपुरका लागि सक्रिय प्रताप कार्कीले सर्वाधिक २७ रन बनाउनुभयो भने वीरगञ्जका पवन सर्राफले उत्कृष्ट बलिङबाट ४ विकेट लिएर प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।  आजै भएको ११औँ खेलमा टस जितेर पहिले बलिङ रोजेको काठमाडौँले भरतपुरलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा रोकेको थियो । जसमा भरतपुरका लागि प्रतीक श्रेष्ठले ५० रन जोड्नुभयो भने काठमाडौँका नितेश कुमारले ३ विकेट लिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं