वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दै, सुरक्षित खानेपानीमा जोड
सिन्धुपाल्चोक, असार १० – वर्षायाममा झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सुरक्षित तथा गुणस्तरीय खानेपानीमा विशेष ध्यान दिन सरोकारवालाहरूले जोड दिएका छन्। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बुधबार चौतारामा सम्पन्न खानेपानी गुणस्तर निगरानीसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याए।
