वीरगन्ज महानगरले १६.५५ प्रतिशतले बढाएर ल्यायो बजेट, स्वास्थ्य–शिक्षा र पूर्वाधारमा प्राथमिकता
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ अर्थात् १६.५५ प्रतिशतले बढी हो।
