इन्द्रावतीको बजेट ८३ करोड १० लाख ७९ हजार
नवलपुर, असार १० – इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गरेको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड ४३ लाख ५८ हजार काम हो ।
