नेपालगञ्जको बजेट १ अर्ब ७६ करोड, प्राथमिकतामा कृषि र धार्मिक पर्यटन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले १९औँ नगरसभामामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेक हुन् । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ ।
