विराटनगर महानगरको बजेट ३ अर्ब ५६ करोड, पूर्वाधार विकासमा साढे १ अर्ब बढी विनियोजन
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३ /८४ का लागि कूल तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज यहाँ सार्वजनिक गरेको छ । नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर उपप्रमुख शिल्पा निराला कार्कीले सो बजेट सार्वजनिक गरेकी हुन् ।
