SHARE
अर्थ संवाद · शनिबार ३१ साउन २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

डिएभीले जित्यो पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट उपाधि

काठमाडौं । डिएभी स्कुलले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शन गरेको छ । सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार सम्पन्न फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८४ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो ।टोलीका स्टार खेलाडी प्रसिद्ध जैसीले १३ बलमा ३७ रनको आतिशी पारी खेले भने फरहान अन्सारीले ६ बलमा ११ रन जोडे। एलआरआईका कप्तान अभी थपलियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट झारे ।