थाइल्याण्डमा मेलम्चीका ११ वर्षीय शशांकलाई रजत पदक
मेलम्ची । थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सिन्धुपाल्चोक मेलम्चीका ११ बर्षीय शशांक तामाङले रजत पदक जितेका छन् । २८ देशका ३८ सय भन्दा धेरै खेलाडीहरु सहभागि प्रतियोगिताको पाँचौ समुहमा ११ बर्ष मुनिको व्यक्तिगत पुम्से तर्फ उनले उत्कृष्ट प्रर्दशन गर्दै दोश्रो स्थान हासिल गर्न सफल भएका थिए ।
