धुनिबेशी नगरपालिकाले ल्यायो १ अर्ब ४ करोडको बजेट, पुँजीगततर्फ ४९.०८ प्रतिशत विनियोजन
काठमाडौं । धादिङको धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उपप्रमुख सुरज उप्रेतीले बजेट पेश गरेका हुन्।
