अकबरे खेतीले जाग्यो भोजपुरको अर्थतन्त्र, ३५ सय परिवार कृषि उद्यममा
झापा। केही वर्षअघिसम्म विदेश पलायन, बसाइँसराइ र कृषि पेशाप्रतिको घट्दो आकर्षणका कारण रित्तिँदै गएका भोजपुरका गाउँहरूमा अहिले फेरि चहलपहल बढ्न थालेको छ। बाँझो बन्दै गएका खेतबारीहरूमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार भएसँगै जिल्लाका ग्रामीण बस्तीहरूले नयाँ आर्थिक र सामाजिक ऊर्जा प्राप्त गरेका छन्।
