बजार माग उकास्ने र लगानी बढाउने खालको मौद्रिक नीति ल्याउन परिसंघको सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तत्कालको न्यून बजार माग उकास्ने, आर्थिक गतिविधि बढाउने तथा वित्तीय क्षेत्रका नीतिगत र संरचनागत सुधारमा केन्द्रित हुनुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई दिएको छ।
