यूनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा असार ३१ गते, ४.२८ प्रतिशत बोनस शेयर प्रस्ताव
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३२औँ वार्षिक साधारणसभा आगामी असार ३१ गतेलाई बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ८३औँ बैठकले असार ३१ गते बुधबार बिहान १०ः३० बजे काठमाडौंको अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्टमा सभा बोलाउने निर्णय गरेको हो।
