सहकारीमा अड्किएको ५ अर्ब २७ करोड फिर्ता माग्दै ६ हजार बचतकर्ताले गुहारे सरकार
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी दिएको छ। वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् ।
