रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने छ ।
