चोरी भएका पद्मपाणी र नृत्यदेवीका अमूल्य मूर्ति ५० वर्षपछि नेपाल फिर्ता
काठमाडौं। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
