३७ अर्बको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउँदै सरकार
भरतपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन् । चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने जानकारी दिएकी हुन् ।
