SHARE
Samata Press · मङगलबार ९ असार २०८३ ०५:०२ PM · 1 मिनेट पढाइ

भेरी नगरपालिका निर्णय गरेको पुस्तिका गायव, खोजी गर्न प्रहरी, प्रशासनसँग् हारगुहार

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका गायव भएपछि नगरपालिकाले खोजी तथा आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग अनुरोध गरेको छ ।  भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेना जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार असार ९ गते बसेको कार्यपालिका बैठकका क्रममा उपस्थिति दर्ता गरिसकेपछि निर्णय पुस्तिका हराएको जानकारी प्राप्त भएको हो ।