SHARE
Samata Press · मङगलबार ९ असार २०८३ ०५:५४ PM · 1 मिनेट पढाइ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ: मन्त्री तिमिल्सिना

चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला हुलाक कार्यालयको आज निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए ।   उनले भने, “जनता खुसी भए मात्र विश्वास बढ्छ, जनताको विश्वास बढेपछि मात्रै तपाईको कामको महत्त्व बढ्छ ।” उनका अनुसार संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन ।