रिलायन्स फाइनान्सको रक्तदान कार्यक्रममा ७६ सहभागीले गरे रक्तदान
धादिङ । रिलायन्स फाइनान्स लिमिटेडले धादिङबेसी शाखामार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान–जीवनदान’ मूल नारालाई आत्मसाथ गर्दै आयोजना गरेको उक्त कार्यक्रममा ७६ जना रक्तदाताहरूले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
