रास्वपा निर्वाचनमा कडा मापदण्ड, सभापतिको उम्मेद्वारलाई ५१ र पदाधिकारीका लागि २१ जना समर्थक चाहिने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न कडा मापदण्ड लागू गरिएको जनाएको छ । योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो । निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एक/एक जना प्रस्तावक अनिवार्य गरिएको छ ।
