सुन तोलामा १६ सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
