रास लाफान ग्यास उद्योगमा भएको विस्फोटमा १३ जनाको मृत्यु, १२ जना भारतीय रहेको पुष्टि
काठमाडौं । कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी) मा भएको विस्फोटका कारण १३ जनाको ज्यान गएको छ । मृत्यु हुने मध्ये १२ जना भारतीय नागरिक रहेको कतार स्थित भारतीय दूतावासले बताएको छ । उक्त विस्फोटको घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भई सकेको जनाउदै अन्य ६६ जना घाइते भएको दुतावासले जनाइएको छ ।
