रास्वपा महाधिवेशनः बन्दसत्र दिउँसो २ बजेदेखि, वाग्लेले पार्टीको अर्थ र राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
