SHARE
Samata Press · मङगलबार ९ असार २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

जुम्लाका गुठीचौर गाउँपालिका अध्यक्ष बुढा पद मुक्त

सुर्खेत । जुम्लाका गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको पद मुक्त भएका छन् । निर्वाचन आयोगले दल त्याग गरेकाले बुढालाई पद मुक्त भएको सूचना जारी गरेको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका बुढासहित तीन जनालाई पद मुक्त गरेको हो ।  नेपाली कांग्रेस जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले र निर्वाचित भएका तपसिलका पालिका÷तहको निर्वाचित पद स्वतः रिक्त भएको भनी आयोगबाट असार ८ गते निर्णय भएको हुँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद मुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।