SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार ८ असार २०८३ ०७:०३ PM · 1 मिनेट पढाइ

पीएल सिंह मेमोरियल टी–२० कप : आजको म्याचमा पोखरा र विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । पीएल सिंह मेमोरियल टी–२० कपको छैटौँ खेलमा पोखरा महानगरपालिकाले र सातौँ म्याचमा विराटनगर महानगरपालिकाले जित दर्ता गरेका छन् । प्रतियोगिता अन्तर्गत सम्पन्न रोमाञ्चक प्रतिष्पर्धाहरूमा पोखराले काठमाडौँलाई ६ रनले र विराटनगरले ललितपुर महानगरपालिकालाई ८ विकेटले पराजित गरेका हुन् ।  असार ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा चलिरहेको छ । उद्घाटन खेल काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका बिच भएको थियो । यस खेलमा काठमाडौँ महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो दिनको पहिलो खेलमा भरतपुरद्वारा वीरगञ्ज ७४ रनले र दोस्रो खेलमा पोखराद्वारा विराटनगर ९ विकेटले पराजित भएका थिए । तेस्रो दिनको पहिलो खेलमा काठमाडौँ महानगरपालिकाले वीरगञ्ज महानगरपालिकामाथि ६ विकेटको सहज जित दर्ता गर्‍यो । त्यस दिनको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकालाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो ।  प्रतियोगिताको छैटौँ खेलमा आज काठमाडौँले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । वर्षा र अन्य प्राविधिक कारणले १० ओभरमा छोट्याइएको उक्त खेलमा पहिले ब्याटिङ गरेको पोखरा महानगरपालिकाले २ विकेट गुमाएर १०७ रनको बलियो योगफल खडा गर्‍यो । पोखराका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै मात्र २४ बलमा ५० रनको अविजित अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँलाई सन्दीप खत्री क्षेत्रीले १५ बलमा ३५ रन बनाउँदै बलियो साथ दिनुभयो । काठमाडौँका बिशाल भुयाँलले २ ओभरमा ३० रन खर्चेर १ विकेट लिनुभयो । १०८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौँ महानगरपालिकाले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । काठमाडौँका लागि कृष कार्कीले २५ र उत्तम थापा मगरले अविजित १८ रन जोडे पनि टोलीलाई जित प्राप्त हुन सकेन । पोखराका अपराजित पौडेल, कृष्ण पौडेल र बिपिन खत्रीले समान २-२ विकेट लिँदै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पार्नुभयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पोखराका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ चुनिनुभयो ।  प्रतियोगिताको सातौँ खेलमा विराटनगर महानगरपालिकाले टस जितेर ललितपुर महानगरपालिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो । ललितपुरका लागि रोशन बिकेले २५ बलमा अविजित ४२ रन र आदिल खानले २३ रन बनाउनुभयो । विराटनगरका कृष शर्मा र प्रतिक पोखरेलले समान २-२ विकेट लिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं