महासंघद्धारा सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापति मनोनित
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन् ।
