SHARE
Samata Press · सोमबार ८ असार २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव

चन्द्रपुर (रौतहट) । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् । आज रौतहटको गढीमाई नगरपालिकाको १३‍‌औँ नगरसभाको यहाँ उद्घाटन गदै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए । उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिदै कृषिमा आबद्ध किसानलाई कृषि  अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।   गरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३/८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरेका छन् ।