कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै
काठमाडौँ । कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासुदेव श्रेष्ठ (वासु क्षितिज) ले विपद्बारे चासो राख्न र चनाखो हुन आह्वान गर्दै कार्टुन कला सिर्जना गरेका छन् । दुई जना व्यक्तिबीच भएको संवादलाई उनले सामान्य मान्छेले पनि बुझ्ने भाषा र शैलीमा प्रस्तुत गरी चेतना दिने प्रयास गरेका हुन् । सामाजिक सञ्जालमार्फत कुनै पनि सामग्रीको चर्चा बढी हुने परिपाटीसँग विपद्लाई जोडेर उनले विपद्का सन्देशलाई आमनागरिकसम्म पुर्याउने प्रयास गरेका छन् ।
