बाढी अपडेट : बाजुरामा ११ घर बगायो, ७ घरमा क्षति
बुधबार रातिको बाढीले बाजुरा हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।
