SHARE
पर्दाफास · बिहीबार २९ साउन २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

रविलाई काठमाडौँ अड्डासार गरी रास्वपाको आँसुको व्यापार बन्द गरौँ : सांसद मिजार

नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौँ अड्डासार गरी राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको र भावनाको व्यापार गर्ने दोकान बन्द गर्नुपर्ने टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद मिजारले भैरहवा कारागारको सुविधाको विषयलाई लिएर रास्वपाले भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताएकी हुन् ।